बारागढि गाउँपालिकामा पालको आगमन सगै चक्रब्यु तोडिने भएपछी चौधरी बेचैन

९ माघ २०७८, आईतवार २१:०७ प्रकाशित

बारा ९ माघ :
बारागढि गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओकिल पाल आए पछि गाउँपालिका अध्यक्ष देबदत्त बछार र निबर्तमान प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीलाई बेचैनी छाएको छ । गाउँपालिकामा सेन्डिकेट मच्चाएर विकास निर्माण लगायत सामाजिक विकासको बजेट र विभिन्न योजनामा कमिसनको भागबण्डा गर्न पल्केका पालिका निबर्तमान प्रमुख प्रशासकीय अधिकृत चौधरीले केही दिन अघि मात्र मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत पाललाई रोक्न विभिन्न हत्कण्डा अपनाएका थिए । बारागढी गाउँपालिकामा स्थायी बसोबास रहेका चौधरी लामो समयदेखि बारागढी गाउँपालिका र करैयामाइ गाउँपालिकामा कार्यरत रहेका थिए । केही दिन अघिमात्र संघीय मामिला मन्त्रालयले गृह मन्त्रालयमा सरुवा गरेपछि बेचैन बनेका चौधरीले गाउँका सोझा साझा स्थानीयलाई उचालेर नयाँ हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतका विरुद्धमा र आफनो पक्षमा नारावाजी समेत गराएका थिए ।
पालिकामा भ्रष्टाचार बडेको हरेक योजना छनौटमा कमिसनको सेटिङ्ग हुनेगरेको स्थानीयको उजुरीको आधारमा मन्त्रालयले केही दिनअगाडि चौधरीलाई गृह मन्त्रालयमा सरुवा गरेको थियो । चौधरीको रवाना भैसकेको छ । लामो समय देखि चौधरीले गाउपालिकामा सञ्चालन गरेको सेन्डिकेट तोडिने भएपछि स्थानियले खुसी समेत व्यक्त गरेका छ्न । प्रमुख प्रसाशकिय अधिकृत पालले गाउपालिकाको कार्यालय बाट दैनिक काम काज सन्चालन गरिरहेका छ्न भने स्थानीयले निर्धक्कका साथ काम गर्न भन्दै पालको समर्थनमा रयाली समेत निकालेका छ्न ।

९ माघ २०७८, आईतवार २१:०७  मा प्रकाशित

Write your Comment