रवाना भएपनी गरेनन बर बुझारत चौधरीले बारागढी गाउपालिकामा

१३ माघ २०७८, बिहीबार १७:५६ प्रकाशित

बारा १३ माघ :
बारागढि गाउँपालिका बाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले आफ्नो सरुवा भए पनि बर बुजारत गरेका छैनन् । उनको माघ ६ गते ५०२ चलानी नम्बर रहेको पत्र बाट रवाना पत्र बुझे पनि आफूसँग रहेको सवारी साधन लगायतका सामानहरु नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई बुझाउनुपर्नेमा त्यसो नगरी सम्पर्क विहीन भएका छन् । केही दिन अगाडि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ओकिल पाललाई बारागढी गाउपालिकाको प्रमुख प्रसाशकिय अधिकृतमा पठाइसकेको र उनी हाजिर भइसकेका छन् भने चौधरीको गृह मन्त्रालयमा सरुवा भइसकेको र उनले रवाना बुझिसकेका छन् ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन शाखाका उपप्रमुखले मन्त्रालयको निर्देशन अटेरी गर्ने जो सुकैलाई पनि कारवाही गरिने बताउनुभएको छ । उहाँले मन्त्रालयले सरुवा गरेको ठाउँमा नजाने र बखेडा गरेर बस्ने नयाँ गएको हाकिमलाई असहयोग गर्नेलाई कारबाही गरिने जनाउनुभयो ।

१३ माघ २०७८, बिहीबार १७:५६  मा प्रकाशित

Write your Comment