एमाले केन्द्रीय सचिवालय बैठक शुरू

१९ माघ २०७८, बुधबार १३:५९ प्रकाशित

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिसमय अघि शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

१९ माघ २०७८, बुधबार १३:५९  मा प्रकाशित

Write your Comment