प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा पुनः छलफल

१२ फाल्गुन २०७८, बिहीबार २०:३६ प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

बालुवाटारमा भएको छलफलमा एमालेबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने ।कांग्रेसबाट उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।

संसदमा प्रस्तुत भएको एमसीसीमा सत्तारुढ गठबन्धनकै दलहरुबाट सहयोग नपाएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सम्वाद थालेका हुन्।

१२ फाल्गुन २०७८, बिहीबार २०:३६  मा प्रकाशित

Write your Comment