एकिकृत समाजबादीको कमिटी नै एमालेमा समाहित

२०७८ फागुन १७, मंगलबार प्रकाशित

बारा १७ फागुन :
नेकपा एकिकृत समाजबादीको वडा कमिटी नै एमालेमा समाहित भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का नेकपा एकिकृत समाजबादीका अध्यक्ष तथा जिल्ला सदस्य गंगा पटेलको नेतृत्वमा रहेको वडा कमिटी एमालेमा फर्किएको छ । पटेल सहित नेपाली काङ्ग्रेस परित्याग गरि जयनाथ सहनी र भुवाल प्रसाद कुसवाहा एक कार्यक्रमका बिच एमालेमा प्रबेस गरेका छ्न । एकीकृत समाजबादिबाट एमालेमा फर्किनेमा बन्धन चौधरी,कृष्ण कुमार सिंह,मोहित ठाकुर लगायत ४५ जना रहेका छ्न । नव प्रबेशी र एमालेमा फर्किने सम्पुर्णलाई एमाले केन्द्रिय सदस्य तथा बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरी,एमाले बाराका पुर्ब अध्यक्ष देवनारायण चौधरी,प्रदेश कमिटी सदस्य भुदेब चौधरी,एमाले बाराका नेता मनोज पौडेल,जिल्ला सदस्यहरु अनिता चौधरी,सरिता सापकोटा लगायतले स्वागत गर्नुभएको थियो ।
वडा अध्यक्ष पुनदेब राय भरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारी,९ का अध्यक्ष प्रभुनाथ चौधरी,जिल्ला कमिटीका पुर्ब सदस्यहरु सुनिल गुप्ता,त्रिलोक बिक्रम साह,मनोज साह,अनिल गुप्ता,फिरोज अन्सारी,अनेरास्ववियुका केन्द्रिय सदस्य मनिस प्याकुरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण छोटेलाल चौधरीले गर्नु भएको थियो भने स्वागत शिबशन्कर कुस्वाहाले गर्नुभएको थियो ।

Write your Comment