बितेको २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौं उपत्यकामा २५ कोभिड संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार २९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२० कोरोना संक्रमणमुक्त भएका छन्। त्यसैगरी हाल सात हजार ५१७ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
कोरोनाका बिरामीमध्ये ६१ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १६ हजार ७६१ रहेको छ। नौ लाख ५७ हजार ८०८ संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ।