नेकपा एमाले वडा नं २को सपथ ग्रहण सम्पन्न

२९ चैत्र २०७८, मंगलवार ११:५० प्रकाशित

बारा २८ चैत्र :
नेकपा एमाले जितपुरसिमरा वडा नं २ वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सिमरा स्थित जिफन्ट भवनमा आयोजित कार्यक्रममा नवनिर्बाचित वडा कमिटिलाई निर्बाचन संयोजक अमृतलाल श्रेष्ठले सपथ ग्रहण तथा प्रमाणपत्र बितरण गनुभएको थियो । नेकपा एमाले वडा नं २ वडा कमिटि आयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले आसन्न स्थानिय तहको निर्बाचनमा नेकपा एमाले पहिलो दल हुने बताएका छन् । पुर्व मन्त्रि समेत रहेका पौडेलले अन्य दलले जति गठबन्धन गरे पनि नेकपा एमालेलाई हराउन नसक्ने बताए । टोल टोलमा एमाले घर घरमा समर्थकको अभियान सहित सम्पुर्ण पार्टि संगठन तथा कमिटिहरुलाई निर्बाचनमा सक्रिय भएर लाग्न समेत निर्देशन दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती देवी चौधरी , एमाले मधेश प्रदेश सदस्य एवम पुर्व जिल्ला कमिटि अध्यक्ष देव नारायण चौधरी , नगर अध्यक्ष भोला अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा नेकपा एमालेका मधेश प्रदेश सदस्य चयन गुरुङ, दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य मनोज पौडेल, कमला घिमिरे, हेमराज न्यौपाने, कासिम हुसेन लगायतको उपस्थिति रहेको थियो । वडा कमिटि अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बिशाल घिमिरे तथा स्वागत मन्तब्य उपसचिव श्रीराम रेग्मीको रहेको थियो ।

२९ चैत्र २०७८, मंगलवार ११:५०  मा प्रकाशित

Write your Comment