सिमरा, स्थानीय निर्वाचन – २०७९ मा मतदान गर्न करिब १० दिन मात्र बाकि छ। निर्वाचन नजिकिदै जादा सबै राजनैतिक दलले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उप – प्रमुख पदका लागि पाच दलिय गठबन्धन गरेका गठबन्धनमा आबद्द राजनैतिक दलले वडा तहमा भने एक आपसमा प्रतिष्प्रधा गर्दै छन्। जीतपुरसिमराको प्रमुख र महत्वपुर्ण वडाको रुपमा लिईने वडा नम्बर २ मा पनि चुनावी माहोल बढेको छ। बिबिध हिसाबले अन्य वडा भन्दा सुबिधा सम्पन्न मानिएको यस वडालाई सबै राजनैतिक दलले प्रतिष्ठाको बिषय समेत बनाउने गर्दछन्। जीतपुरसिमरा २ को नेतृत्व लिन यति खेर नेकपा एमालेको तर्फबाट धन बा. श्रेष्ठ , माओबादी केन्द्रको तर्फबाट तिलक बहादुर श्रेष्ठ , नेपाली कांग्रेसको तर्फबाट विजय बोम्जन, लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट नेत्र बहादुर श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट यादव अधिकारी चुनावी मैदानमा छन्।
एमाले, माओबादी र कांग्रेसमा को बलियो
तिलक बहादुर श्रेष्ठ स्थानीय निर्वाचन २०७४ मा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् भने धन बहादुर श्रेष्ठ सोहि निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य हुन्। तत्कालिन नेकपा एमालेले वडा अध्यक्षको टिकट कमला अधिकारीलाई दिएको भन्दै असन्तुष्ट पक्षका तर्फबाट उद्दव प्रसाद गौतमले बागी उमेदवारी दिएका थिए। उनको उम्मेदवारीलाई नेकपा एमालेका अधिकांश सदस्यले समर्थन गर्दै मतदान गरेका थिए। हाल उनै गौतमले नेकपा एमालेको तर्फबाट यस वडाको सदस्य पदमा उमेदवारी दर्ता गराएका छन्।
वडामा गत निर्वाचनमा जस्तो आन्तरिक कहल नभएकाले एक ढिक्का भएर पार्टी अघि बढेको र विजयउन्मुख रहेको एमाले जीतपुरसिमरा २ का अध्यक्ष रबिन्द्र खकुरेलले बताउनु भयो। पछिल्लो कार्यकालमा सदस्यको रुपमा रहिरहदा सदैव क्रियाशिल भएर जनताको सेवा गरेको कारणले पनि जनताले धन बा. श्रेष्ठ नेतृत्वको टिमलाई जनमत सुम्पिने खकुरेलको बुझाइ छ।
यता माओबादी केन्द्र पनि जनताको घर दैलोमा पुगेर भोट मागी रहेको छ। आफ्नो कार्यकालमा बिकास निर्माणका थुप्रै कार्यहरु भएकाले जनताले फेरी एक कार्यकालका लागि आफुहरुलाई नै विश्वाश गर्ने वडा अध्यक्ष पदका प्रत्याशी तिलक बहादुर श्रेष्ठको भनाई छ।
यता कांग्रेसले नेतृत्वमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ। पछिल्लो समय जीतपुरसिमरा –२ का विभिन्न बिषयमा निरन्तर खबरदारी गर्दै आएका बिजय बोम्जनलाई काङ्ग्रेसले अघि बढाएको छ। बोम्जन युवा पुस्तामा लोक प्रिय छन् ।तर टिकट वितरण प्रति कांग्रेसभित्रै एक समुहले असन्तुष्टि जनाउदा यो निर्वाचन कांग्रेसका लागि केहि कठिन भने देखिएको छ।जनताले फ्रेस र केहि काम गर्न सक्ने युवा खोजेकोले आफ्नो टिम कै बिजय सुनिश्चित रहेको बोम्जन बताउँछन् ।