जीतपुरसिमरा १ : एमालेको बृहत घरदैलो

२४ बैशाख २०७९, शनिबार १४:२० प्रकाशित

२४ बैशाख, सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ। सयौ वडावासीको उपस्थितिमा पथलैयामा रहेको धर्मेश्वोर महादेवको मन्दिरबाट आजको घरदैलो सुरु गरेको थियो।
आजको घरदैलोमा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल , ज्वाला साह , प्रदेश कमिटि सदस्य देव नारायण चौधरी , जिल्ला कमिटि सचिवालय सदस्य मनोज पौडेल, नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उमेदवार सरस्वती चौधरी, उप प्रमुख पदका उमेदवार भोला अधिकारी  वडा अध्यक्ष पदका उमेदवार हिरा बस्नेत लगाएतको उपस्थिति थियो।
घरदैलोमा करिब ४०० भन्दा बढी वडाबासी , शुभ चिन्तक र पार्टी पंक्तिको उपस्थिति रहेको एमाले जीतपुरसिमरा १ का अध्यक्ष इश्वर थपलियाले बताउनु भयो।
अघिल्लो निर्वाचनमा पराजित एमालेका हिरा बस्नेतले यस पटकको चुनावमा आफ्नो पक्षमा माहोल बनाउन मिहिनेत गरि रहेका छन्। आफ्नो चुनावी प्रतिबद्दता पत्रमा सुकुम्बासी समस्यालाई समाधान गरी लालपुर्जा बितरणलाई पहिलो प्राथमिकतामा राखेका उनले शिक्षा , स्वास्थ्य , फोहोर व्यवस्थापन , व्यवस्थित पार्किङ्ग जस्ता बिषयलाई पनि समावेश गरेका छन्। बृद्ध बा, आमाको आशिर्वाद, युवाहरुको उत्साह, नेकपा एमालेप्रतिको जनलहर र पछिल्लो पाँच वर्ष जनप्रतिनिधिको रुपमा नरहेपनि निरन्तर जन भावना अनुरुप काम गरेकाले आफू नेतृत्वको टिमको जित सुनिश्चित भएको बस्नेतले बताउनु भयो।

कुल ४६४६ मतदाता रहेको वडाको नेतृत्व लिन यति खेर नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजबादी र राप्रपाका उमेदवार चुनावी प्रतिष्प्रधामा छन्।

२४ बैशाख २०७९, शनिबार १४:२०  मा प्रकाशित

Write your Comment