२५ बैशाख, सिमराः स्थानिय तह सदस्य निर्बाचनको मिति नजिकिए संगै जितपुरसिमरा उपमहानगरपालिकामा गठबन्धनका उमेदवारहरु झुठा कुराको प्रचार गरेर मतदातालाई झुक्याउदै भोट माग्ने गरेको तथ्य खुलेको छ ।
गठबन्धबाट मेयर पदका उम्मेदवार राजन पौडेलले जितपुरसिमरा उपमहानगरपालिका वडा नं ३ को रामबनमा शनिवार आयोजित कोण सभामा बोल्दै रामबनको कुनाटोलमा निर्माण भइरहेको ओभरहेड टयांकीसहितको चौथो आयोजना तत्कालिन माओवादीकी मन्त्री बिना मगरको पहलमा भएको भनि भ्रम छर्दै आफ्नो पक्षमा जनमत बटुल्न झुठो बोलेको तथ्य खुलेको हो ।
माओवादी केन्द्रका पौडेलले बोलेको उक्त अभिब्यक्तिको सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ । सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनले उक्त कुरामा कुनै सत्यता नरेहको र झुठा कुरा गरेर मतदातालाई भ्रममा नपार्न आग्रह गरेका छन् ।
सिमरा खानेपानी उपभोक्ता समितिको पहलमा आएको आयोजनालाई माओवादीका मन्त्रीले ल्याएको भन्दै भ्रम फैलाउने अधिकार कसैलाई नभएको भन्दै हुसेनले चुनाव जित्नकै लागि झुठको राजनीति नगर्न आग्रह गरे ।
निर्बाचनमा मतदाता माझ आफ्नो प्रतिबद्धता पत्र लिएर पुग्न पर्नेमा गठबन्धनबाट मेयरका उम्मेदवार पौडेलले झुठा र भ्रामक कुरा बोकेर मतदातालाई झुक्याउदै हिडेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ ।
यस अघि पनि गठबन्धनका उमेदबारहरुले नेकपा एमालेका नगरप्रमुख पदकी उम्मेदबार तथा निवर्तमान उपप्रमुख सरस्वती देवी चौधरीलाई करिब १ बर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य जानकारीका लागि बोलाएको पत्रलाई लिएर भ्रम छर्ने काम गरेको र सो को खण्डन अधिबक्ता दामोदर पौडेलले यसअघि नै गरेका थिए ।