बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

२०७९ अषाढ २६, आईतबार प्रकाशित

बाजुराको बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए भने उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।

Write your Comment