अबको निर्वाचनमा जनताले गठबन्धनलाई धुलो चटानेछन : अध्यक्ष ओलि

२३ श्रावण २०७९, सोमबार २१:२३ प्रकाशित

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा रौतहटको गौरमा बृहद पार्टी प्रवेश तथा जन शभा सम्पन्न भएको छ । कार्यक्रममा लोसपाका केन्द्रीय नेता तथा गौर नगरपालिका पुर्ब प्रमुख अजय कुमार गुप्ता,केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साह, नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता सहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा पार्टी प्रवेश गर्नुभएको छ । नवप्रबेसिहरुलाइ अध्यक्ष ओलि पार्टीमा स्वागत गर्बु भएको थियो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलिले गठबन्धन देशका लागी बोझ भएको बताउनु भयो उहाले गठबन्धन स्वार्थको पुलिन्दा भएकोले महङ्गी र भ्रष्टाचार बडनुकासाथै गठबंधन सरकार असफल भएको दाबि गर्नुभयो । उहाले अबको निर्वाचनमा गठबन्धनलाई जनताले धुलो चटाउने ठोकुवा समेत गर्नुभयो ।

अध्यक्ष ओलि चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण

एसै बिच एमाले अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उहाका सहयोगी सवार रहेका थिए ।
आकस्मिक अवतरण गरेपछी अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको थियो । ओलीको आकस्मिक अवतरण भएपछी पुर्ब मन्त्री पुरुषोत्तम पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका थिए । करिब १ घण्टामा मौसममा सुधार आएपछि हेलिकप्टर गौरका लागि प्रस्थान गरेको थियो ।

२३ श्रावण २०७९, सोमबार २१:२३  मा प्रकाशित

Write your Comment