आचार संहिता आजबाट सुरु,मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै चुनाव प्रचार गर्न पाउने

२०७९ भाद्र १३, सोमबार प्रकाशित

निर्वाचन आयोगले आज भदौ १३ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
निर्वाचन आयोगले राजपत्रमा आचारसंहिता प्रकाशित गरेपछि आजैदेखि लागू भएको हो ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन्।
तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन्। त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडी लगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन।यश अबधिमा सरुवा पनि गर्न पाइने  छैन ।               

Write your Comment