नेकपा एमाले जिल्ला कमिटी बाराका पूर्व सदस्य हिरा बस्नेतका पिता स्व.गणेश बहादुर बस्नेतको १३ औ दिनको पुण्यतिथिमा नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका १ नम्बर वडा कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वर्गीय बस्नेतको योगदानको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य चौधरी प्रदेशसभा सदस्य देव नारायण चौधरी ,प्रदेश सहसचिव आरती भन्डारी,प्रदेश कमिटी सदस्यहरुको मनोज पौडेल दिनेश्वर ठाकुर,जिल्ला कमिटी सदस्य कमला घिमिरे, जितपुरसिमरा उपमहानगर कमिटी सहसचिव त्रिलोक बिक्रम साहलगायतको सहभागीता रहेको थियो ।
सभा वडा कमिटी अध्यक्ष ईश्वर थपलियाको सभापतित्वमा र प्रकाश खुलालको सहजीकरणमा सम्पन्न भएको थियो । स्व बस्नेतको मन्सिर ४ गते निधन भएको थियो ।