समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालयको बैठक च्यासलमा सुरु

२०७९ मंसिर २४, शनिबार प्रकाशित

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो।

एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।

समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटेका हुन्।

Write your Comment