प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

२०७९ पौष १७, आईतबार प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएको छ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएको हो।
समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली लगायत पोखरावासीको उत्साहजनक उपस्थिति छ । कार्यक्रममा हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

Write your Comment