एमाले नेता राजाराम चौधरीको श्रद्धाञ्जली सभा सिमरामा सम्पन्न

२०७९ फागुन १६, मंगलबार प्रकाशित

नेकपा एमाले जितपुरसिमराका नेता तथा समाजसेवी राजाराम साह चौधरीको श्रद्धाञ्जली सभा आज सिमरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य देबनारायण चौधरी,पुर्ब मन्त्री एकवाल मिया,एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल,चौधरी का जेठो छोरा श्रीराम चौधरी लगायतले साहको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
जितपुर सिमरा वडा नम्बर २ निवासी साहको फागुन ४ गते उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । साहको सिमराको छठिघाट,जितपुरको कलवार धर्मशाला निर्माणमा महत्वपुर्ण योगदान रहेको छ ।
कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलको सभापतित्वमा र विशाल घिमिरेको सहजीकरणमा सप्पन्न भएको थियो ।

Write your Comment