म बारा बासिको सुख दुखको साथी हु :उम्मेदवार पौडेल

२१ चैत्र २०७९, मंगलवार २२:५० प्रकाशित

कलैया २१ चैत्र :
नेकपा एमालेको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन उम्मेदवारी दिनुभएका पुरुषोत्तम पौडेलले आफू जनताको सुख दुखको साथी भएको बताउनुभएको छ ।
क्षेत्र नम्बर २ को सुर्वण गाउँपालिकाको कबहीगोठमा मंगलवार आयोजित कार्यकर्ता भेलामा बोल्दै उम्मेदार पौडेलले सो कुरा बताउनुभएको हो ।
‘म हिजो पनि यहाँका जनतासंगै थिएँ, उहाँले भन्नुभयो, चुनाव हारे पनि जनताकै बीचमा रहनेछु ।’ उहाँले आफू भाग्य अजमाउनको लागि निर्वाचन नलडेको बताउदै, जनताको बीचमा बसेर क्षेत्रको विकासमा काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । आफू विगत ४० वर्षदेखि बारामा विभिन्न तहको जनप्रतिनिधिको रुपमा निर्वाचित भएर जनताको पक्षमा लगातार काम गर्दै आएको उहाँको भनाइ थियो । उहाँले कुनै एउटा क्षेत्रबाट हालैमात्र पराजित भएका उम्मेदवार विजयी हुदा उक्त क्षेत्रका जनताको मतको अपमान हुनसक्ने पनि बताउनुभयो । उहाँले बारा क्षेत्र नम्बर २ का जनताले पनि अन्यत्रबाट अस्वीकृत भइसेकाहरुलाई स्वीकार गर्न नसक्ने पनि बताउनुभयो ।
भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवंम बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह, अर्का पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, केन्द्रीय कमिटी सदस्य एवंम बारा जिल्ला इन्चार्ज बलवीर चौधरी, मधेस प्रदेश सभा सदस्य मोहमद समिरलगायतले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमको संचालन एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।
भेलाले पार्टीको सुवर्ण गाउँपालिका कमिटीका अध्यक्ष गौरीशंकर प्रसाद यादवको अध्यक्षतामा १०१ सदस्यीय चुनाव प्रचार समिति पनि गठन गरेको छ ।
त्यसैगरी मंगलवार नै एमालेले,पचरौता नगरपालिका र देवताल गाउँपालिकामा पनि पार्टी कार्यकर्ता भेला मार्फत चुनाव प्रचार समिति गठन गरेको छ ।

२१ चैत्र २०७९, मंगलवार २२:५०  मा प्रकाशित

Write your Comment