बारामा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल किसान सग भोट माग्दै

२५ चैत्र २०७९, शनिबार १३:३९ प्रकाशित

बारा २५ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले आजबाट घरदैलो सुरु गर्नुभएको छ । पौडेलले करैयामाइ गाउपालिका र पचरौता नगरपालिकामा आज घर दैलो गर्नु भएको छ ।

घरदैलोका क्रममा उम्मेदवार पौडेलले बारा २ का जनताका पिडा र समस्या समाधान गर्न आफू आएको बताउनु भयो । उहाले यहा रहेका खानेपानी,गुणस्तरिय शिक्षा, सडक,स्वास्थ्यका र रोजगारिका समस्या रहेकोले त्यसलाइ आफुलेपुरा गर्ने प्रति प्रतिबदता ब्यक्त गर्नु भएको छ । मतदाताले बारा २ मा बिकास प्रेमी उम्मेदवार पाएको बताएका थिए । सो अबसरमा पोलिटब्युरो सदस्य अच्युत मैनालि,ज्वाला साह लगायत ठूलो सख्यामा उपस्थिती रहेको थियो । 

२५ चैत्र २०७९, शनिबार १३:३९  मा प्रकाशित

Write your Comment