चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बारा आउँदै

२०८० बैशाख ७, बिहिबार प्रकाशित

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा जाँदैहुनुहुन्छ ।बाराको पचरौतामा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटव्यूरो सदस्य एवं  अच्यूत मैनालीले जानकारी दिनुभयो । त्यसका लागि अध्यक्ष ओली दिउसो १२ बजे सिमरा बिमानस्थल पुग्ने कार्यक्रम तय भएको मैनालीले जानकारी दिनुभयो । बारा २ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेद्वार हुनुहुन्छ ।

Write your Comment