महाभारत टेलिश्रृंखलाका चर्चीत कलाकार ‘शकुनी’ गुफी पेन्टलको निधन

२०८० जेष्ठ २२, सोमबार प्रकाशित

‘महाभारत’ टेलिशृंखलामा चर्ची शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको आज मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । ७८ वर्षीय चर्चित अभिनेता पेन्टलको सोमबार बिहान ९ बजे निधन भएको हो ।

गुफीका छोरा ह्यारी पेन्टलले उनको मृत्यु भएको खबर दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा बुवाको दुःखद निधन भएको बताउँदै नोट लेखेका छन् । ह्यारीका अनुसार गुफीको शरीरलाई आजै अन्त्येष्टि गरिनेछ ।

गुफीले सन् १९७५ मा ‘रफू चक्कर’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । फिल्म र धेरै टीभी शोहरुमा काम गरिसकेका उनलाई सन् १९८८ मा बीरआर चोपडाले निर्माण गरेको सुपरहिट शो ‘महाभारत’ले दर्शकमाँझ चिनायो । ‘महाभारत’मा उनले निभाएको शकुनी मामाको भूमिकालाई दर्शकले अत्यधिक रुचाएका थिए ।

Write your Comment