सिमरा–कोल्हबी सडक निर्माणकार्य पुरा नहुदै जिर्ण बन्दै,केन्द्र सरकारको प्रथमिकता मै परेन,स्थानियलाइ सास्ती

५ असार २०८०, मंगलवार २३:१५ प्रकाशित

बारा ५ आषाढ :
सिमरा–कोल्हबीको नामले चर्चा बटुलेको बारा जिल्लाको चेरवन्त संगै उत्तरी क्षेत्रको कोल्हबी हुदै रोतहटको बिजयपुर जोडने सिमरा–कोल्हबी सडक निर्माण सम्पन्न नहुदै ज्रिण भएपछी स्थानीयलाई सास्ती भएको छ । तत्कालिन बारा क्षेत्र नम्बर ६ मा २०७० संविधानसभाको निर्वाचनमा पुरुषोत्तम पौडेल निर्वाचित भएपछि पौडेलको सिफारिसमा सिमरा–कोल्हबी सडक सुरु गरीएको थियो । बहुबर्षीय आयोजना अन्र्तगत पहीलो चरणमा सिमरा देखि उचिडी सम्मको कालोपत्रे सडक १६ करोड विनियोजन गरी टेन्डर प्रकृयामाबाट करिव ८ करोड ३२ लाखमा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाले काम सुरु गरी २०७६ मा सम्पन्न गरेको थियो भने क्रमशः सिमरा–कोल्हबी अन्र्तगत नयांबस्ती देखी परसौना सम्मको कालोपत्रे भइसकेको छ,परसौना देखि सपही सम्म कालोपत्रे हुन सकेन भने सपही देखी कोल्हबी सम्मको सडक कालोपत्रे भएतापनि मर्मतको अभावमा ज्रिण बन्दै गइरहेको छ ।
संघिय सरकारले निर्माण सुरु गरेको यो सडक निर्माणका लागी गत बर्ष र यस आ.व मा संघिय सरकारले बजेट बिनियोजन गरेको छैन । संघ, प्रदेश र स्थानीय तिनै तहले यो सडकमा ध्यान दिन सकेका छैनन । सडकमा खाल्डाखुल्डी भएका छन् आवतजावत गर्न गाह्रो भएको छ पानी पर्दा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने अवस्था बनेको छ न त स्थानिय जनप्रतिनिधिले ध्यान दिन सकेका छन् न त प्रदेश र केन्द्र बाट कुनै बजेट विनियोजन भएको स्थिति छ । सडकमा हिड्न सक्ने अवस्था नभएपछि उचिडी देखि जैतापुर सम्म सडकमा नगरपालिकाको ग्रेडरले तेल हालेर ग्रेडिङ गरिएको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष भिम ग्यान्ताङ्ले बताए ।

नयां संबिधान जारी भएपछि ६ निर्वाचन क्षेत्रबाट ४ क्षेत्र बनेर संबिधान सभा सदस्य पुरुषोत्तम पौडेल पछि नयाँ संरचना अनुसार २०७४ मा बारा क्षेत्र नम्बर ३ मा जसपाका रामबाबु कुमार यादव प्रतिनिधि सभा सदस्य भएका थिए । २०७९ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट ज्वाला साह विजयी भए पनि सो सडकमा केन्द्र तथा प्रदेश र स्थानीय तहले बजेट छुट्याएका छैनन ।
डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख इन्जिनियर राजेसकुमार यादवले केन्द्र सरकारले तिन आ.वमा पठाएको बजेट अनुसार बहुबर्षीय ठेक्का लगाएर सडक निर्माण गरेको र बांकी रहेको सडक संघीय सरकारले रकम विनियोजन नगरेका कारण काम गर्न नसक्ने अवस्था आएको बताए ।
आफूले केन्द्र सरकारसँग लडेर सिमरा–कोल्हबी सडक निर्माणका लागी बहुवर्षीय आयोजना अन्र्तगत बजेट विनियोजन गराएको र त्यसपछिका कुनै पनि सरकारले बजेट विनियोजन नगरेकोमा आफू दुखित भएको पुर्व मन्त्री पौडेलले बताए । म प्रधानमन्त्रीको सल्लाहकार भएको समयमा दुधौराको पुलका लागि बजेट विनियोजन गराइयो, बाल गङ्गाको पुल निर्माणको काम अगाडि बढाइयो,पसहाको पुलको डिपिआर गरेर टेन्डर प्रक्रियामा छोडेर म संबिधान सभाबाट बिदा भएको थिए त्यो काम ६ बर्ष बिती सक्दा पनि सुरु हुन सकेको छैन,केन्द्रमा दवाव दिए मात्र योजना पर्ने अवस्था छ अहिले दवाव पौडेलको भनाइ छ ।
नव निर्वाचित जनप्रतिनिधिले सो सडक मर्मतका लागि केन्द्र,प्रदेश वा स्थानिय तहबाट तत्काल बजेट विनियोजन गराउन आवश्यक छ । यदि त्यसो हुन नसकेमा पछि ठूलो लागत लाग्नसक्ने र स्थानीयले सास्ती व्यहोर्नु पर्ने अवस्था सिर्जना हुनसक्छ । सिमरा –कोल्हबी सडक लाइफलाईन सडकको रुपमा च्यरमन्त सँग सम्बन्ध समेत स्थापित रहेकोछ ।

५ असार २०८०, मंगलवार २३:१५  मा प्रकाशित

Write your Comment