करैयामाइ गाउँपालिकाको १३औ गाउँसभामा २७ करोड बराबरको बजेट पेश

१० असार २०८०, आईतवार २२:२९ प्रकाशित

करैयामाइ गाउँपालिकाको १३ गाउँसभा दोस्रो सत्रमा आज आगामी आर्थिक वर्षको २०८०/०८१ को बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा,उपाध्यक्ष सुनैना चौधरि प्रमुख प्रशासकीय अधिकृत उदय शन्कर चौधरी,योजना अधिकृत बिरेन्द्र महत्तो, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । सभामा गाउँपालिकाका उपाध्यक्ष सुनैना चौधरिले २७ करोड बराबरको बजेट पेस गर्नुभएको थियो । पालिकाले आषाढ ८ गते आयोजना गरिएको पहिलो शत्रमा नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

१० असार २०८०, आईतवार २२:२९  मा प्रकाशित

Write your Comment