काठमाण्डौँको सिनमंगलमा रहेको पूरानो घरमा नयाँ नाटक ‘ट्यूवेल’ मञ्चन सुरु भएको छ ।
सन्चारकर्मी तथा कलाकार रोशन सुवेदीले निर्देशन गरेका छन । सुबेदीको यो पहिलो नाटक निर्देशन हो । रेडियोबाट सन्चार क्षेत्रमा प्रवेश गरेका सुवेदीले रङ्गमञ्च नाटकमा अभिनय गर्नुका साथै नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । वीरगंज र सिमराको रेडियोमा काम गरेका सुबेदीको यो नाटकमा प्रजातन्त्र पुर्नवाहाली तराईका किसानहरुले भोग्नु परेको सिँचाई सम्बन्धी विविध समस्याहरुलाई देखाईएको छ ।
विशेष गरी २०५६ सालमा फर्किएर नाटक मञ्चन गरिएको छ । शुक्रबार बाट सुरु नाटकमा कुन्दन थारु, निशा दाहाल, श्रवण यादव, राजिव चौधरी,अरविन्दकुमार मौर्य, रोहित रजक तथा भुवन लहार लगायतका कलाकारहरुले अभिनय गरेका छन । बुधबार बाहेक हरेक साँझ सवाँ ५ देखि सुरु हुने नाटक शनिबार दिउँसो १ बजे एक्सट्रा सो सहित देखाउँने गरिएको छ ।