बाराको भगवती स्टिलको आधिकारिक ट्रेड यूनियनमा एमाले निकट व्हिन बिजयी

२०८० भाद्र १७, आईतबार प्रकाशित

बारा स्थित जितपुरसिमरा उपमहानगर पालिका वडा न. १० स्थित भगवती स्टील ई. प्रा. लि. मा आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा एमाले निकट समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) बिजयी भएको छ ।

प्रत्येक २/२ वर्षमा हुने आधिकारिक ट्रेड यूनियन निर्वाचनमा माओवादी निकट अखिल नेपाल औद्योगिक (क्रा.) मजदुर संघलाई ९ मतको अन्तरले व्हिनले पराजित गरेको छ ।

भगवती स्टील ई. प्रा. लि.मा कृयासिल समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) र अखिल नेपाल औद्योगिक (क्रा.) मजदुर संघ बिच प्रतिस्पर्धा भएको थियो ।

उक्त आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा कुल मत २६४ मध्ये २६१ मत खसेको थियो ! जसमध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले १३५ मत र अखिल नेपाल औद्योगिक (क्रा.) मजदुर संघले १२६ मत प्राप्त गरेको थियो !

बिजय पाछी आयोजित कोणसभालाई समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) अध्यक्ष आनन्द थामी, सचिव गीता भण्डारी, सदस्य मनोज चौधरी, व्हिन प्रदेश अध्यक्ष हेमराज र निर्वाचित अध्यक्ष रुपकान्त चौधरीले सम्बोधन गरेको थियो भने निर्वाचन सम्बन्धि सबै काम श्रम तथा रोजगार कार्यालय, पर्साले गरेको थियो !

Write your Comment