सोनाम ल्होछारको अवसरमा जीतपुरसिमरा १७ को रामनगरमा सांस्कृतिक कार्यक्रम हुने

२०८० माघ १६, मंगलबार प्रकाशित

मञ्जुश्री संवत् २८६०औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समिति बाराले जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १९ र २० गते विभिन्न कलाकारको उपस्थितीमा दुई दिने सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष भिम गान्ताङका अनुसार माघ १९ गते जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कार्यक्रमको उद्घाटन गर्नेछन् भने माघ २० गते नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रीय अध्यक्ष मोहन गोलेबाट समापन हुनेछ ।

दुई दिने कार्यक्रममा कलाकार रोज मोक्तान, जीतु लोप्चन, विशाल काल्तान, साम्तेन मोक्तान, हिरा दोङलगायतको प्रस्तुति रहने अध्यक्ष गन्ताङले जानकारी दिए । कार्यक्रमको अनुमानित लागत १० लाख ९५ हजार रहेको घलानले बताए ।

पत्रकार सम्मेलनमा समितिका जिल्ला अध्यक्ष सुर्य घलानलगायत वडा समितिका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार सन्तोष पाण्डेले गरेका थिए ।

Write your Comment