सपहि कलेजको अध्यक्षमा ढुण्डीराज उप्रेती निर्वाचित

२०८० फागुन २२, मंगलबार प्रकाशित

बाराको कोल्हबीमा रहेको सपही कलेजको व्यवस्थापन समितिको अध्यक्षमा ढुण्डिराज उप्रेती निर्वाचित भएका छन ।
उप्रेतीले २५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी बासु चौधरीले २१ मत प्राप्त गरेका थिए । ४८ जनाको ब्यावस्थापन समितिरहेकोमा निर्वाचनमा ४६ जनाले मतदान गरेका थिए। उप्रेती ४ मतको अन्तरले विजयी भएका हुन । उप्रेतीलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो भने चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उप्रेतीलाई नेकपा माओवादी केन्द्रले सघाएको थियो।

Write your Comment