जीतपुरसिमरा क्रिकेट कप: समूह ए को अन्तिम खेलमा कलैया बिजयी, भोली देखी समुह बि को खेल हुने

२०८० चैत्र ५, सोमबार प्रकाशित

सिमरा, ०५ चैत्र

बाराको सिमरा जारि प्रथम जीतपुरसिमरा क्रिकेट कप अन्तर्गत सोमबार भएको खेलमा कलैया क्रिकेट क्लबले आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । कलैयाको जीतमा निरज यादव, कप्तान तृत राज दास र साहील पटेलले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

टस जितेर पहिला ब्याटिङ्ग रोजेको जीतपुरसिमरा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८५ बनाएको थियो । जीतपुरसिमराका लागि पुजन श्रेष्ठले २८ बल खेल्दै २ चौका र एक छक्काको मद्दतले सार्वाधिक २६ रन र अजय पटेलले १२ रन बनाएक थियो भने अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । कलैयाका लागि शंकर पौडेलले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । त्यस्तै अरनिको यादवले २ ओभर बलिङ गर्दै ८ रन खर्चिएर दुई विकेट लिए भने मनु हवारी,कुमार थापा र अनिल साहले समान १/१ विकेट हात पारेका थिए ।

८७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कलैया क्रिकेट क्लबले ७.३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । कलैयाको जीतमा निरज यादवले २२ बलमा ५ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५० रन बनाए त्यस्तै साहिल पटेलले १६ र तृत राज दासले अविजित रहदै १० रन बनाएका थिए।

आयोजक जीतपुरसिमरा क्रिकेट क्लबको तर्फ बाट प्रभात लामाले १.३ ओभर बलिङ्ग गर्दै १४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए ।कलैयाका निरज यादव प्लेयर अफ दि म्याच घोषित भए । यादवलाई जनता माध्यमिक बिद्यालय रजघट्टाका सहायक प्रधानध्यापक बरुण गौतमले दुई हजार नगद र ट्रफि प्रदान गरेका थिए ।

समुह ए बाट यसअघि नै समुह बिजेता बनेर पर्सा फाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलको नतिजाले प्रतियोगितामा कुनै असर गर्नेछैन । अभियान नेपालको आयोजना तथा जीतपूरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

मंगलबार देखि समूह बि अन्तर्गत को खल सुरु हुने छ । मंगलबारको खेलमा जनकपुर र भैरहवा क्रिकेट क्लब एक आपसमा भिड्ने छन् ।

Write your Comment