एमाले अध्यक्ष के पि ओलिले बैशाख ३१ गते बाराको परसौनी गा.पाको भवनको उदघाटन गर्ने

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पि शर्मा ओलि बैशाख ३१ गते सोमबारका दिन बारा आउने कार्यक्रम रहेको छ । बाराको परसौनी गाउपालिकाको प्रशासनिक भवनको उदधाटन गर्न अध्यक्ष ओलि परसौनी आउन लाग्नु भएको हो ।
अध्यक्ष ओलिले भवनको उदघाटन बिहान ११ बजे गर्नुहुने छ ।
भवनको निर्माण कार्य पुरा भैसकेको छ ।त्यसैगरी अध्यक्ष ओलि सोहि दिन नेकपा एमाले पर्साको जिल्ला अधिबेशनमा निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Write your Comment