नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२०८१ श्रावण २३, बुधबार प्रकाशित

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष),जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

Write your Comment