स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकनमा कलैया उपमहानगर बारामा पहिलो,परवानीपुर दोस्रो

२०८१ भाद्र १२, बुधबार प्रकाशित

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार बारा जिल्लाका १६ वटा स्थानिय तह मध्ये कलैया उपमहानगरपालिकाले पहिलो स्थान प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कलैया उपमहानगरपालिकाले ८१.२५ अंक प्राप्त गरेर बारा जिल्ला पहिलो भएको हो भने मधेस प्रदेशको दोश्रो भएको छ । धनुषाको औरही गाउँपालिकाले ८३.७५ अंक प्राप्त गरेर मधेस प्रदेशको पहिलो पालिका बनेको छ । औरहीले २.५० अंकको अन्तरले कलैयालाई पहिलो बन्नबाट रोकेको हो ।
त्यसैगरी बाराको सिम्रौनगढ नगरपालिका सबै भन्दा कमजोर देखिएको छ ।
त्यसैगरी दोस्रोमा परवानीपुर गाउँपालिकाले ७८.२५ अङ्क प्राप्त गरेर दोस्रो भएको छ । बारागढी गाउँपालिकाले ६६.२५ अङ्क प्राप्त गरी तेस्रो भएको छ भने करैयामाई गाउँपालिकाले ६४.७५ अङ्क प्राप्त गरी चौथो भएको छ ।
त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिकाले ६४.५० अङ्क प्राप्त गरी पाँचौं बन्न पुगेको छ ।मूल्याङ्कनमा पचरौता नगरपालिका ६०.२५ अङ्क प्राप्त गरी छैठौं स्थान प्राप्त गरेको छ । महागढीमाई नगरपालिकाले ५१ अङ्क ,आदर्श कोतवालले ५०.२५ अङ्क प्राप्त गरेका छन भने कोल्हबी नगरपालिकाले ५० अङ्क प्राप्त गरेको छ । विश्रामपुर गाउँपालिकाले ४७.५० र निजगढ नगरपालिकाले ४७.२५ अङ्क प्राप्त गरेका छन । त्यसैगरी देवताल गाउँपालिकाले ४०.२५ अङ्क, सुवर्ण गाउँपालिकाले ३५ अङ्क प्राप्त गरेका छन । फेटा गाउँपालिकाले ३३.५० परर्सौनी गाउँपालिकाले ३१.२५ अङ्क र सिम्रौनगढ नगरपालिकाले सबैभन्दा कम अर्थात २१ अङ्क प्राप्त गरेका छन ।

Write your Comment