एमालेले मात्रै जनताको हितमा काम गर्न सक्छ – पुर्बमन्त्री पौडेल

२०८१ कार्तिक १३, मंगलबार प्रकाशित

जिफन्ट आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (व्हिन) द्वारा विजया दशमी,शुभ तिहार (दिपावली), नेपाल सम्वत ११४५, ईद, छठ पर्व तथा तमु ल्होसारकों सुखद अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम, जिफन्ट हल सिमरामा आयोजना गरिएको छ !

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले वैचारिक अवसरवाद हावी भएकोले नेपालको राजनीतिमा स्टेन्डवाज मौलाएको बताउनु भयो । उहाले राजनितीलाई सहि दिशामा ल्याउन वर्गीय आन्दोलनले मात्र सम्भव भएको धारणा राख्नु भयो ! पौडेलले नेकपा एमालेले मात्रै नेपालको राजनीतिलाई सही दिशामा ल्याएर जनताको हितमा काम गर्न सक्ने दाबि गर्नु भयो ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मन्जु थापामगर,एमाले मधेस प्रदेश कमिटि सचिब मनोज पौडेल, देवनारायण चौधरी, व्हिन अध्यक्ष आनन्द थामी, सुन्दर बिक, कमलेश झा, अमर यादव, उपमेयर भोला अधिकारी, ध्रुव यादव र अमृतलाल श्रेष्ठहरुले सास्कृतिक पर्वको अवसरमा आ आफ्नो बिचार सहित शुभकामना राख्नु भएको थियो !

कार्यक्रमको अध्यक्षता व्हिन मदेश प्रदेशका अध्यक्ष हेमराज न्यौपाने, स्वागत मन्तव्य मनोज चौधरी र सहजीकरण प्रेम चौधरीले गर्नु भएको थियो !

Write your Comment