महोत्तरीमा लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्यागरि लुटपाट

६ पुष २०८१, शनिबार १०:३३ प्रकाशित

बर्दिवास ६ पौष :
महोत्तरीको मनरा शिसवा नगरपालिका- ४ का सुशील झाको लुटेरा समूहले हत्या गरेको छ ।

शनिवार विहान करिब ३ बजे ७/८ जनाको समूहमा पुगेको लुटेरा समूहले झाको हत्या गर्दै उनको घरबाट नगद र सुनका गहना लुटेका हुन् । हत्या गरिएका ७० वर्षीय झाको पूर्व गाविस सचिव रहेको बुझिएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले झाको हत्या लुटेरा समूहले गरेको पुष्टि गरे । उनका अनुसार झाको घरबाट लुटेराहरुले नगद ८० हजार रूपैया, सुनका औंठी र मङ्गलसूत्र (महिलाले लगाउने गहना) लुटेर लगेका छन् ।
मृतक झाको शव अहिले घटनास्थलमै छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जयसवारले जानकारी दिए ।

६ पुष २०८१, शनिबार १०:३३  मा प्रकाशित

Write your Comment