जितपुर १३ पौष :
नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग (ओबिसी ) महासंघको प्रथम जीतपुरसिमरा उपमहानगर अधिवेशन सम्पन्न भएको छ ।
नेपाल पिछडावर्ग (ओबिसी ) महासंघका मधेश प्रदेश सचिव अनिल कुमार गुप्ताको अध्यक्षता र नेकपा एमालेको पोल्युटब्युरो सदस्य एवं पूर्व मन्त्री ज्वाला कुमारी साहको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा बोल्दै प्रमुखअतिथी पूर्व मन्त्री ज्वाला कुमारी साहले पिछडा वर्गलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउनुपर्नेमा जोड दिनु भयो । पिछडा वर्ग तथा कमजोर वर्गलाई सशक्त बनाउन विभिन्न किसिमको ज्ञानसीप जस्ता कार्यक्रम अगाडि सार्नुपर्नेमा राज्यको ध्यानाकर्षण गराउनु भयो । त्यस्तै उहाँले अखिल नेपाल पिछडावर्गमा रहेका जातजातीहरुको शैक्षिक, राजनीतिक, सांस्कृतीक उत्थानका लागि एमाले पार्टी लागी पर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले पिछडावर्गहरु आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने जिकिर गर्नुभयो। उहाले आफूमा निहित ज्ञान, सीप, कला, क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उहाँको तर्क थियो ।
नवनिर्वाचित कार्यसमितिलाई एमाले केन्द्रिय सदस्य एकवाल मिया, पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिक,सीता गुरुङ,जिल्ला उपसचिव भावाना आचार्यलगायतले सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
रत्न उप्रेतिको सहजीकरण र सुनिल गुप्ताले स्वागत गर्नुभएको अधिवेशनबाट प्रलाद साह सोनारको अध्यक्षतामा १४ सदस्यिय पिछडावर्ग महासंंघको नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुरेन्द्र गुप्ता, सचिवमा अजय साह तेलि,सह सचिवमा शम्भु राज सहनी , केषाध्यक्षमा रिता देवी, सदस्यहरुमा राजेश साह ,धनसुनर राउत,सुरेन्द्र राउत कुर्मी ,आशा देवी,बिमल सिंह ,अम्बिका सहनी ,राजकुमार शर्मा लोहार ,उपेन्द्र सहनी ,कन्हैया गुप्ता रहेको छन ।