सूर्यदर्शन सहकारी ठगी प्रकरण : सरकारी पक्षको बहस जारी

१७ पुष २०८१, बुधबार १६:२३ प्रकाशित

पोखरा १७ पौष :
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस कास्की जिल्ला अदालतमा बुधबार पनि चलिरहेको छ न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो ।

जिल्ला सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले आज पनि बहस गरेकी छन् । शर्माले हिजो पनि बहस गरेकी थिइन् । हिजो उनको बहस नसकिएकाले आज पनि उनले बहस गरेकी हुन् । हिजो सहन्यायाधीशवक्ता सुजाता पौडेलले पनि बहस गरेकी थिइन् ।

आजै सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी,कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गर्नेछन् ।

सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी,रोहित बास्तोला, डा. नारायणदत्त कंडेल, सुदीज्ञ पन्त,सोबिता गौतमलगायतले बहस गर्ने तयारीछ ।

दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि मात्र प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश अदालतबाट आउनेछ ।

१७ पुष २०८१, बुधबार १६:२३  मा प्रकाशित

Write your Comment