कलैया ११ माघ :
नेपाल पत्रकार महासंघ बारा र मधेश प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपाल बाराले सम्मान गरेको छ । शुक्रवार नेपाल पत्रकार महासंघ बाराको सभाहलमा आयोजित औपचारिक कायक्रममा प्रेस चौतारी नेपाल बाराले जिल्ला र मधेश प्रदेश र केन्द्रमा प्रेस चौतारी नेपालबाट निर्वाचित आफ्ना सदस्यहरूलाइ सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले मधेस प्रदेशका सचीव एवम जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोज पौडेलले प्रेस चौतारीका सदस्यले पत्रकार महासंघको नेतृत्व गर्दा संगठनको र्मम अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले असल काम गर्न र जनताको हकका लागि स्थानीय तहहरूमा भैइरहेको भष्ट्रचारको बिरोधमा कलम चलाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पौडेलले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना र बधाई दिदै आवश्यक्ता परेको समयमा नेकपा एमाले सधै अग्रस्थानमा रहने बताउनुभयो ।
यसगरी कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले नेकपा एमालेलाई सधै अग्रस्थानमा राख्न यस संगठनको भुमिका हुने बताउनुभयो । संगठनका हिसाबले उहाले वारा जिल्ला मधेस प्रदेशमै उच्च ठाउ ओगटेको समेत बताउनुभयो ।
प्रेस चौतारी नेपाल वाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपाल मधेस प्रदेशका इन्चार्ज कमल कुमार उपाध्याय, प्रेस चौतारी नेपाल वाराका इन्चार्ज अच्युत पौडेल, प्रेस चौतारी नेपाल मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामनाका साथै बधाई दिनुभएको थियो । निलिशा वर्माको सहजिकरणमा सम्पन्न कार्यक्रममा तुलसा घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघमा नव निर्वाचित प्रेस चौतारीका सम्पूर्ण पदाधिकारीहरूलाइ कदरपत्र र खादा ओढाइ सम्मान गरिएको थियोे । सोही कार्यक्रममा नवनिर्वाचित महासङ् बाराका सभापति रमेस सुवेदी प्रेस चौतारीमा प्रबेस गर्नु भएको थियो ।