कलैया २ फागुन :
नेकपा एमाले बाराको आयोजनामा वडा केन्द्रीत ३ महिने अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम बाराको कलैयामा आजसुरु भएको छ। कार्यक्रमको उद्घाटन एमालेका उपमहासचिव प्रदिप ज्ञावालिले गर्नुभएको थियो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ,पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,ज्वाला साह,अच्युत मैनाली दकेन्द्रिय सदस्यहरु बलबिर चौधरी,मन्जु थापा मगर,महम्द समीर,एकवाल मिया, प्रदेश कमिटी अध्यक्ष चण्डेश्वर मण्डल,उपाध्यक्ष बिचारी यादव,सचिव मनोज पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपमहासचिब ज्ञावाली र केन्द्रिय सदस्य तथा संगठन बिभाग सचिब माधव ढुंङेलले प्रशिक्षण दिनुहुने छ ।
बारा जिल्ला कमिटीका अध्यक्ष अद्य्यानम्द पाण्डेको अध्यक्षतामा कार्यक्रमको सहजीकरण सचिब अमृत बजगाइले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष भुलन चौधरीले गर्नुभएको थियो।