बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित भुइपुलमा शुक्रबार सडक दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।
निजगढबाट पथलैया तर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरित दिशाबाट आउदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खादा कारमा सवार दुई जना गम्भीर घाइते भएका थिए।
उपचारको लागि उनीहरुलाई प्रसुति अस्पताल निजगढ बारामा ल्याईएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका छन्।
कारको बाँया साईडमा सवार सर्लाहीको बर्हथवा नगरपालिका -१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरी शर्माको मृत्यु भएको हो।
मृत्यु भइसकेको कार चालकको तत्काल नाम थर वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।
सवारी दुर्घट्ना भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक सुमित कुशवाहाको कमाण्डमा टोली खटि गई बुझ्दा टिप्पर चालक फरार रहेको प्रहरीले जनाएको छ। चालकको खोजि भईरहेको छ।