जनहित उपभोक्ता समितिद्वारा बाराको सिमरामा वृक्षारोपण

२०८२ जेष्ठ २३, शुक्रबार प्रकाशित

जनहित उपभोक्ता समितिले बाराको सिमरामा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ। समितिले उपभोक्ता समितिको क्षेत्रभित्र विभिन्न जातका बिरुवा रोपिएको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा जनहितका पदाधिकारी तथा विभिन्न वन समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।

Write your Comment