नेरा माबि सिमराका शिक्षक सिटौलाको भव्य समारोहका बीच विदाई

२०८३ जेष्ठ ८, शुक्रबार प्रकाशित

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराले लामो समयदेखि विद्यालयमा अध्यापन गराएका शिक्षक अच्युतदेव सिटौलाको आज एक समारोहका बीच विदाई गरेको छ।
विक्रम सम्वत २०४०साल देखि सिमरा विद्यालयमा अध्यापन सुरु गर्नु भएका शिक्षक सिटौलालाई केही दिन अगाडि अवकाश भएको थियो । उहाँको आज जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारी, विद्यालयका प्रधानाध्यापक शङ्कर आचार्य र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले मायाको चिनो प्रदान गर्दै खादामाला लगाइदिएर भव्य कार्यक्रमको आयोजना गरी सम्मानसहित सिटौला निवाससम्म पुर्‍याएर बिदाई गरेका हुन्।
त्यसैगरी विदाई कार्यक्रमलाई सम्बोधन गर्दै विदाई हुन लाग्नु भएका शिक्षक सिटौलाले आफ्नो नाममा अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो । सो अक्षय कोषबाट कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ।

Write your Comment