बारा २३ असार :
नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका १९ नम्बर वडा कमिटीले इनर्वासिरा निवासी सचिता चौधरीको तेह्रौँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिरा घर भएकी सचिता जेठ १७ गते जापानमा अध्ययनको क्रममा निधन भएको थियो । उनको सब निज निवास इनर्वा सिरामा ल्याएर अन्त्यठी गरिएको थियो । नेकपा एमाले जितपुर सिमरा उपमहानगर कमिटीकी उपसचिव अलोपिया चौधरी र सुशील चौधरीकी जेठी छोरी हुन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरी ,मोबिना आलम, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी रमेश चौधरी, सीमा ठकुरी, नेकपा एमाले जितपुर सिमराका अध्यक्ष त्रिलोक विक्रम शाह,उपाध्य्क्ष क्यैमुदिन अन्सारी,दिनेश ठाकुर, वडा नम्बर २० का अध्यक्ष रसुल अन्सारी,कार्यपालिका सदस्य अर्जुन रसाइली ,रबिन्द्र खकुरेल, राजकुमार अर्याल,मनोज राय,अनिल तिवारिलगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व र पार्टिका कार्यकर्ताको सहभागिता रहेको थियो।

वडा कमिटीका अध्यक्ष सुदनदास तत्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर कमिटीका सचिव रविन्द्रराज भण्डारीले गर्नुभएको थियो। भने श्रद्धाञ्जली कार्यक्रममा सञ्चिताका पिता सुशील चौधरीले छोरीको सम्झनामा अक्ष्यकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो।

