अनेरास्ववियुले सिमरा कलेजलाई भन्यो,बृद्धि गरेको शुल्क फिर्ता गरीयोस

२०७९ अषाढ ९, बिहिबार प्रकाशित

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जितपुरसिमरा उपमहानगर कमिटीले सिमरा कलेजमा ज्ञापनपत्र बुझाउँदै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियु बुझाएको ज्ञापनपत्रमा भनिएको छ सिमरा कलेज प्रशासनले हालै विद्यार्थीको मासिक शुल्कमा गरिएको बृद्धि सम्बन्धमा हाम्रो गम्भिर रुपमा ध्यान आकृष्ट भएको जनाउँदै मासिक शुल्क साविक रु ११००।बाट हाल रु १५००। पुऱ्याईएकोमा अनेरास्ववियु जितपुरसिमरा उपमहानगर कमिटी कलेज प्रशासन संग उक्त शुल्क बद्धिको निर्णय फिर्ता लिन जोडदार माग गर्दछ। अनेरास्ववियु जीतपुरसिमराका अध्यक्ष ईश्वर बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सामुदायिक कलेजले विद्यार्थीको आर्थिकभार कम गरेर पढाउनु पर्नेमा उल्टो विद्यार्थी माथि थप आर्थिक भार थपेर विद्यार्थीको सहमती विपरित गरिएको शुल्क वृद्धि तुरुन्त फिर्ता गरेर विद्यार्थीहरुको अध्यन, अध्यापनमा सौहार्द पुर्ण वातावरण सिर्जना गर्न कलेज प्रशासन संग अनेरास्ववियु जोडदार माग गर्दछ ज्ञापनपत्रमा भनिएको छ । सिमरा कलेजका प्रमुख राम अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो भने ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका नेता सरोज खनाल,निजल घिमिरे, आतिस श्रेष्ट, समिर लूइटेल लगायतका विद्यार्थी नेताहरुको सहभागी रहेको थियो ।

Write your Comment