राष्ट्रपति भवन प्रदर्शनकारीले कब्जा गरेपछि श्रीलंका राष्ट्रपति भागे

२०७९ अषाढ २५, शनिबार प्रकाशित

श्रीलंकाको राष्ट्रपति गोताबाय राजापाक्षेको राजीनामा माग्दै ठूलो संख्यामा प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा प्रवेश गरेका छन्।
ब्यारिकेड तोडेर प्रदर्शनकारीहरु कोलम्बो फोर्टस्थित राष्ट्रपति भवन कब्जामा लिएका हुन्। विशाल संख्या प्रदर्शनकारीहरु भवनमा पसेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएका छन्।

प्रहरीले अश्रुग्यास र पानीतोप प्रहार गरेर उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । घटनामा कम्तीमा ३० घाइते भएको जनाइएको छ।

Write your Comment