जितपुरसिमरा वडा नम्बर ३ द्वारा मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८० जेष्ठ १४, आईतबार प्रकाशित

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो निःशुल्क मुटु रोग सम्बन्धित शिविर सम्पन्न भएको छ ।आर्थिक बर्ष २०७९/८० को बजेट बाट वडा न ३ बजनिले फाल्गुन २६ गते देखि नै निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो ।मुटु,सुगर सम्बन्धि चेक शनिवार गरिएको हो ।
गरिब असहाय,अपाङ्ग,बृद्ध वृद्धाहरुले सजिलै संग आफ्नै वडा कार्यालयको स्वास्थ्य चौकीमा आएर रोगको उपचार गराउने उदेश्यले शनिवार मुटु रोग विशेषज्ञ चिकित्सक तेज प्रकाश साहले सेवा प्रदान गरेको छ।त्यस्तै जीतपुरसिमराकै मेडिकल अधिकृत नर्श ल्याब लगाएतको टोलीलाई बोलाएर हरेक महिनामा २ पटक निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको र यो स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निःशुल्क रुपमा पाईरहेको जीतपुरसिमरा उपमहा नगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनु भयो

Write your Comment