एसइईकाे नतिजा सार्वजनिक, माथिल्लो जिपिएमा सुधार

२०८० अषाढ २१, बिहिबार प्रकाशित

एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो। यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।
जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।यसपटक फरक हिसाबबाट अंग्रेजी, गणित र विज्ञानकाे स्तरीकृत परीक्षा पनि सञ्चालन भएको थियो।

Write your Comment