ललितपुर महानगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको थियो । उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए ।
आगलागीबाट घाइते हुनेमा एक दम्पती, उनीहरूका दुई छोरी र भतिज रहेका छन् । घाइते सबैको किष्ट अस्पतालमा उपचार भइरहेको छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका बालिकासहित ३ जना आईसीयूमा उपचाररत् रहेको प्रहरीको भनाइ छ । आगो भने लगभग नियन्त्रमा आइसकेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

