परवानिपुर गाउँपालिकाको बजेट २९ करोड ४७ लाख ६९ हजार

२०८१ अषाढ ९, आईतबार प्रकाशित

परवानिपुर गाउँपालिकाको दशौ गाउँसभा सम्पन्न भएको छ। सभामा गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित गरिएको छ। नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा र स्वास्थ्यमा जोड दिएको गाउँपालिका अध्यक्ष कुर्मीले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिकामा २९ करोड ४७ लाख ६९ हजारको बजेट समेत प्रस्तुत भएको छ । पालिका उपाध्यक्ष सुगन्धित देबि कनुइनले आब ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो। पालिका अध्यक्ष राम क्षेत्री कुर्मीको अध्यक्षतामा सप्पन्न गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लेखा प्रमुख बजरङी जैसवाल,उमेस गुप्ता, वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरुको उपस्थितिरहेको थियो ।

Write your Comment