रामेछापको दोरम्बा शैलुङमा पहिरोले ठूलो क्षति गरेको छ ।
शनिवार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए ।
यस्तै ११ जना बेपत्ता भएको आशङ्का गरिएको छ ।
पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो । पहिरोमा ४ वटा घर बगाएको छ । यस्तै एउटा पक्की पुल पनि बगाएको छ ।
उनले भने, ‘पहिरोले ठूलो क्षति गरेको छ । ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ । अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको छ ।’
घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

