समग्र उद्योग ट्रेड युनियन नेपालले सिमरामा मनायो ४६ औँ स्थापना दिवस

२०८१ माघ १५, मंगलबार प्रकाशित

सिमरा १५ माघ :
नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालको ४६ औँ स्थापना दिवसको विभिन्न कार्यक्रम गरी देशैभरि मनाइएको छ। यसै क्रममा बाराको सिमरामा एक विशेष कार्यक्रम आयोजना गरीए छ।
समग्र उद्योग ट्रेड युनियन नेपालका मधेस प्रदेश अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा जिफन्ड केन्द्रीय उपाध्यक्ष मञ्जु थापा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी केन्द्रीय सदस्य गीता भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठान अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।

Write your Comment