शिक्षक आन्दोलन : विपक्षीको नियत हलो अड्काएर गोरु चुट्ट्ने

१५ बैशाख २०८२, सोमबार १४:५७ प्रकाशित

काठमाडौ १५ बैशाख :
संसदको शिक्षा समितिमा छलफलको क्रममा रहेको शिक्षा विधेयकलाई चाँडो टुंग्याउन छोडेर शिक्षकलाई उचाल्ने उदेश्यले शिक्षक आन्दोलनमा समर्थन जनाउन पुगेको नेकपा (एकीकृत समाजवादी) को शीर्ष टोलीलाई शिक्षकहरूले नाराबाजी गर्दै फर्काएका छन्। अध्यक्ष माधव नेपाल र झलनाथ खनालसहितको टोली भाषण गर्न पुगे पनि शिक्षकहरूले “‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल” भन्दै उनीहरूलाई लज्जित बनाउँदै फर्काए पछि प्रहरीको स्कर्टिङमा उनीहरू फर्किएका छन् ।

संसदको शिक्षा समितिमा शिक्षा ऐन लामो समय देखि अडकिएको छ । सो समितिको अध्यक्ष एकीकृत समाजबादिका सान्सद अमर बहादुर थापा छ्न । थापाले ऐनमाथिको छलफल सकिन अझै केही दिन लाग्ने बताउदै आएका छ । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि शिक्षक आन्दोलनलाई उचालिरहेका छन्। यसले विपक्षीहरू सदनबाट शिक्षा ऐन जारी गराउन भन्दा पनि ऐनलाई अड्काएर आन्दोलन चर्काएर सरकार परिवर्तन गराउन लागेको देखिएको छ। विपक्षको दोहोरो चरित्रले हलो अड्काएर गोरु चुट्ने नियत प्रष्ट देखिन्छ।
यसमा सरकारले बुद्धिमत्तापूर्वक ढङ्गबाट शिक्षकका माग सम्बोधन गरेर आन्दोलनलाई सेफ ल्यान्डिङ गर्नु जरुरी छ।

१५ बैशाख २०८२, सोमबार १४:५७  मा प्रकाशित

Write your Comment